के गर्दै छन् पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्जमा

नेपालगञ्ज, २९ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले आज नेपालगञ्जमा सुवेच्छुकहरुसँग भेटवार्ता भइरहेको छ । नेपालगञ्जस्थित सोल्टी होटल परिसरमा पूर्व राजा शाहले आफ्ना शुभचिन्तकहरुसँग भेट गरिरहेका छन् । आज बिहान ११ बजेपछि शाहले मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरिरहेका छन् । पूर्व राजा शाह केही दिनदेखि नेपालगञ्जमा बस्दै आएका छन् । गत आइतबार नेपालगञ्ज नाका भएर भारतको लखनऊ गएका शाह बिहीबार नेपालगञ्ज फर्किएका थिए । भारतको लखनऊमा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए । शाह गत पुस १३ गते नेपालगञ्ज गएका हुन । उनले नेपालगञ्ज पुगेपछि त्यहाको बागेश्वरी मन्दिर, बर्दियाको बंगलामुखी, धनगढी र दाङका मठमन्दिरको दर्शन गरेका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शाहले मुलुकको सार्वभौमिक स्वतन्त्र, राष्ट्रिय एकता र अखण्डता मक्किएको र नेपालको अस्तित्वमा खतरा भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । शाह अझै केही दिन नेपालगञ्जमा बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?