काठमाडौं , २९ पुस । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला बहादुर भण्डारी लगायत पाँच जना कतारी सुरक्षा निकायको केही घन्टाको नियन्त्रण पछि छाडिएका छन् नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले नियन्त्रणमा लिएको महासंघका एक अधिकारीले बताए । शुक्रबार करिव ३ बजेतिर नियन्त्रणमा परेका उनीहरूलाई झण्डै २ घन्टापछि छाडिएको बताइएको छ यसैबीच काउन्सीलका सदस्य भण्डारीले कतारी अधिकारीले आफुहरु संग सामान्य जानकारी मात्रै मागेको बताएका छन् । उनले सामाजिक संजालमा भनेका छन् – सामान्य जानकारी मागेको हो, प्रचार गरेजस्तो केही पनि हैन,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया