आर्थिक चलखेलका नियुक्तिका निर्णय गोप्य राख्ने प्रयास

काठमाडौं, २९ पुस – पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छमन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ४० वटा नियमित एजेन्डा थिए तर ३० भन्दा बढी आकस्मिक रूपमा आएका प्रस्ताव रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएती मन्त्रीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्ति र ठूलो संख्यामा विदेश भ्रमणसम्बन्धी प्रस्तावमा निर्णय गरेको छ। यसअघि १३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि ३३ वटा प्रस्ताव नियमित रूपमा आएका थिए भने बाँकी २५ वटा प्रस्ताव ठाडो रूपमा आएका थिएमन्त्रिपरिषद्ले ठूलो संख्यामा सरकारका मन्त्री, सचिव, सहसचिवलगायत कर्मचारीको विदेश भ्रमण पनि स्वीकृत गरेको छसुशासन ऐन २०६४ मा प्रशासनिक कार्य सञ्चालनको प्रमुख आधारको रुपमा पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता र इमानदारीलाई लिइएको छ। तर, मन्त्रीहरूले सुशासन ऐन २०६४ को धज्जी उडाउँदै मन्त्रिपरिषद्का सामान्य खालका निर्णय मात्रै सार्वजनिक गरी दूरगामी महत्व राख्ने खालका निर्णय लामो समयसम्म गोप्य राख्ने प्रयास गरेका छन्सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार मन्त्रिपरिषद् बैठकपछि महत्वपूर्ण निर्णयहरू गोप्य राख्दै सामान्य खालका निर्णय मात्रै सार्वजनिक गरेका छन्मन्त्रिपरिषद् बैठकमा झन्डै ७० वटा प्रस्तावमा छलफल भए पनि सरकारका प्रवक्ता बस्नेतले सामान्य खालका ५-६ वटा निर्णय मात्रै सार्वजनिक गरे। आर्थिक चलखेलका नियुक्तिका निर्णय गोप्य राख्ने प्रयास गरिँदै आएको सरकारका एक उच्च अधिकारीले जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?