धनगढी, पुस २७ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आंगिक बनाउन लागेका त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसले विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्ने बताएका छन् । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बन्दा गम्भीर नभएमा त्यहा“ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलमा पर्न सक्नेमा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै त्रिवि मातहतका क्याम्पसलाई आंगिक बनाउन लागेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि त्रिविले नै सञ्चालन गरिरहेका कार्यक्रम र पाठ्यक्रम परिमार्जन गरेर अध्यापन गराउनु नया“ विश्वविद्यालय नभएको भन्दै त्रिविप्रतीको सरकारीको दृष्टिकोण के हो भन्ने कुरा समेत चाल नपाएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आंगिक बन्न चाहाने र बनाउने दुवै पक्षले विद्यार्थीको भविष्यप्रती गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । त्रिभुवन विश्व विद्यालय मातहतका १५ वटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसको रुपमा विस्तार गर्न लागेपछि त्रिविका पदाधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । आंगिक क्याम्पस बन्दा आवश्यक कानुनी प्रक्रिया सम्बन्धीत क्याम्पसहरुले नपु¥याएमा विद्यार्थी विचल्लीमा पर्न सक्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार तथा प्राध्यापक दिल्लीराम उप्रतीले बताए । यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा जाने तयारीमा रहेका त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पूर्ण सहयोग रहने तर नागरीकलाई राम्रो सेवा दिनुपर्ने धारणा व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयकी शिक्षा अध्यक्ष शुदा त्रिपाठीले भने त्रिविप्रतिको सरकारको दृष्टिकोण के भन्ने कुराको नै चाल नपाएको भन्दै, त्रिविकै पाठ्यक्रम कपी पेष्ट गरेर अध्यापन थालेका विश्वविद्याय नया“ नै नभएको बताएकी छिन् । त्रिविकै पाठ्यक्रम, कर्मचारी लगेर विश्वविद्यालय सञ्चालन गरी नयाँ भन्ने गलत भएको उनको ठहर छ । तर, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो पाठ्यक्रम नै नबनाईकन अन्य क्याम्पसलाई आंगिक क्याम्पस बनाउने कुरा हतारो मात्र भएकाले यसले ठोस उपलब्धी दिन नसक्ने बुझाई त्रिविका पदाधिकारीको रहेको पाईन्छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यसअघि नै त्रिवि मातहतका प्रदेश नम्बर ७ का १५ क्याम्पसलाई आंगिक बनाउने तयारी थालिसकेको छ । त्यसका लागि केही महिना अगाडि मात्र विश्वविद्यालयले प्रस्ताव गरेका ४ सय ४४ दरबन्दी स्वीकृत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया