कैलालीमा लाभग्राही आवेदन र सर्भेक्षण फारम संकलनको काम जारी

कैलाली पुस २५ । जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माणका लागि लाभग्राही आवेदन र सर्भेक्षण फारम संकलनको काम कैलालीमा जारी छ सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत लाभग्राहीहरुबाट आवेदन फारम धमाधम संकलन भइरहेको छ । कैलालीमा यस वर्ष जनता आवास कार्यक्रम अन्र्तगत लक्षित तथा विपन्न वर्ग गन्दर्भ, बादी, राजी, लोध, दलित तथा विपन्न मुस्लिम समुदाय मध्ये गन्धर्ब, वादी, राजी र लोध जातिले फराम भरिरहेका छन् तर, आवेदन फारम भर्न जिल्लाका विभिन्न स्थानीय तहबाट फाराम भर्न धनगढी पुगेका लक्षित वर्गमध्ये केही आवास पाइने भो भनेर खुशी व्यक्त गरेका छन् भने केही भने घर निर्माणका लागि छनौट हुनेमा आशंका व्यक्त गरेका छन् पौष १४ गतेबाट जनता आवास कार्यक्रम अन्र्तगत लाभग्राही आवेदन र सर्भेक्षण फारम संकलनको कार्य थालेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सो कार्यक्रममा छनोट हुने लक्षित समुदायबाट धमाधम फारम संकलन भइरहेको बताएको छ जिल्लाका विभिन्न स्थानीय तहका लक्षित वर्ग, गन्धर्ब, बादी, राजी, लोध, दलित तथा विपन्न मुस्लिम समुदायमध्ये गन्धर्ब, बादी, राजी र लोध जातीका परिवारले आवेदन फारम भरिरहेका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका शव इन्जीनीएर देवेन्द्रप्रसाद अवस्थीले लक्षित समुदायले धमाधम फारम भरेर बुझाइरहेको बताए जनता आवास कार्यक्रम अन्तर्गत ४ सय ५० घर निर्माण गरिने छ । तर, सोही कार्यक्रम अन्र्तगत घर निर्माणका लागि बजेट पाउने आशा गरी आवेदन फारम भरिरहेकाहरुले राहात रकम पाउनेमा आशंका उब्जिएको बताएका छन् । धेरै जनाले आवेदन दिइरहेकाले आफु छनौटमा पर्ने÷नपर्नेमा ढुक्क नभएको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का नन्दे विकको भनाई छ यद्यपि, धेरैले भने घरविहीन भएकाहरुलाई सरकारले गुन लगाएको भन्दै खुसीसमेत व्यक्त गरेका छन् । गोदावरी नगरपालिका र धनगढीका विभिन्न स्थानबाट आवेदन फारम भर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पुग्नुभएका केही लाभग्राहीहरुले जनता आवास कार्यक्रमले विपन्नलाई सहज हुने बताएका छन् तर, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले कुनै आशंका नगरी तोकिएको स्थानमा गएर ढुक्कसंग आवेदन फारम भर्न आग्रह गरेको छ आवेदन फारम संकलन भएपछि तीनको आधारमा सर्वेक्षण गरेर प्राथमिकताको आधारमा छनौट गरिने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका सुचना अधिकारी पदम राज जोशीले बताए गत वर्ष पनि जनता आवास कार्यक्रम अन्र्तगत कैलालीमा ५ सय लक्षित वर्ग घर निर्माणका लागि छनोट भएका थिए जसमा केहीले घर निर्माण गरिसकेको र केहीका घर निर्माणको चरणमा रहेको छ । गत वर्ष प्रतिपरिवार २ लाख ५० हजार रकम पाएका थिए भने यसवर्ष सो रकममा बृद्धि भएको छ । छनोट हुने प्रतिपरिवारले ३ लाख ४७ हजार प्रांप्त गर्ने छन् । यो कार्यक्रमका लागि यही महिनाको २८ गतेसम्म फाराम भर्ने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?