दशैंको मुखमा बीपी राजमार्गमा कर

काठमाडौं। सरकारले दशैंको मुखमा पहिलोपटक बीपी राजमार्गमा दस्तुर संकलनको काम शुरू गरेको छ।

सडकमा बढ्दो सवारी चापका कारण सडकको अवस्था जीर्ण बन्दै जाने क्रम बढेपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गबाट दस्तुर उठाउने काम शुरू गरेको हो।

सडक विभागअन्तर्गत रहेको सडक बोर्डले तीनपटक दस्तुर संकलनका लागि सूचना प्रकाशित गरे पनि ठेक्का नलागेपछि राजमार्गको चार ठाउँमा ढाट राखेर दस्तुर संकलन गरिरहेको छ।

सडक बोर्डले बीपी राजमार्गको धुलिखेल, खुर्कोट, खनियाखर्क र बर्दिवास सडकलाई दुई खण्डमा विभाजन गरेर दस्तुर उठाउन कर्मचारी परिचालन गरेको छ। नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?