काठमाडौँ, २३ पुस- केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फिल्म ‘फन्ने खाँ’ मा सक्रिय भइन् उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ , जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ यसपछि ऐश्वर्यालार्य लगातार फिल्मको प्रस्ताव आइरहेको छ हालै उनलाई नर्गिस अभिनित फिल्म ‘रात और दिन’ को रिमेकका लागि प्रस्ताव आएको छ स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ । तर, जब परिश्रमिकको कुरा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् उनको रेट सुनेर सबै चकित परे यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भइन् दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड दिन आफू राजी भएको अरोराले बताएकी छन्, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया