यसकारण एकता प्रक्रिया लम्बिने

काठमाडौं, २३ पुस – सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन, अन्नपूर्ण पोस्टमा खबर छ एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन। शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन। दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन्एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन्। त्यसअगाडि नै दाहाल र ओलीबीच एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि कुरा भए पनि समितिले प्रक्रियालाई तीव्र नपार्ने माओवादीका एक नेताले बताएउनका अनुसार सत्तापक्षले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि एमाले-माओवादी एकता प्रक्रियाको छलफल पनि लम्बिएको हो। ‘हतारिएर छलफलमा बस्नुपर्ने अवस्था नै छैन, सत्तापक्षले नै नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि ढुक्कैले विस्तारै छलफल गर्दै अगाडि बढ्न समय मिलेको छ,’ ती नेताले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?