सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

काठमाडौँ, २३ पुस – नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ । कूटनीतिक, राजनीतिक र बिचौलिया (केही व्यापारीहरू)मार्फत युक्रेनले पहल थालेको हो युक्रेन हेलिकप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ । सेनाले यसअघि एमआई–१७ खरिदगर्ने जनाइसकेको छ । उक्त कम्पनीलेनेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको सैन्य उच्च स्रोतले बतायो,कान्तिपुरमा खबर छ उनीहरूले अमेरिकी निकट मानिने केही व्यापारीहरूलाई समेत प्रभावमा पारेर लबिइङ थालेको अधिकारीहरूले बताए । रुससँग अमेरिकाको सम्बन्ध नराम्रो रहेको अवस्था र अमेरिकासँग नेपाली सेनाको राम्रो सम्बन्ध रहेको कारण त्यो बाटो पनि उनीहरूले उपयोग गर्न खोजेको बुझाइ सेनाका अधिकारीहरूको छ सत्तामा रहेका राजनीतिक दलका निकटस्थहरूले युक्रेनमा बनेको एमआई–८ लाई एमआई १७ को विकल्प दिन थालेपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षामन्त्रीलाई भेटेर रसियाबाट खरिद गर्ने विषयमा समस्या नभएको स्पष्ट सन्देश दिएका थिए । उनीहरूबीच गत मंगलबार यो विषयमा पुन: छलफल भएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?