व्यवसायी पौडेल हत्याकाण्ड – केन्द्रबाटै अनुसन्धान सुरु

बुटवल, २३ पुस — युवा व्यवसायी वसन्त पौडेल बलुको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको छ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्षलगत्तै उक्त स्थानमै अर्का व्यवसायीको हत्या भएपछि प्रहरी संवेदनशील भएको हो संवेदनशील घटना भएकाले घटनाको प्रारम्भिक अध्ययन जिल्लास्तरीय प्रहरीले गरे पनि गहिरो अध्ययनका लागि टोली गठन गरेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए त्यसका लागि केन्द्रीय र संघीय इकाई अर्थात् साविक अञ्चलस्तरीय प्रहरी टोली खटिएको उनले बताए । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नेछ । यद्यपि हत्याले स्थानीयमा भएको आवेश र बन्दका कारण अनुसन्धानमा समस्या परेको प्रहरीको भनाइ छ, कान्तिपुरले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?