व्यवसायी पौडेलको हत्यापछि बुटवलमा तनाव, आक्रोशित विद्यार्थीद्वारा बजार बन्द

रुपन्देही, २१ पुस । रुपन्देहीको देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेलको गोली हानी हत्या भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ हत्याको विरोधमा रुपन्देहीको बुटबल बन्द गरिएको छ । तत्काल हत्यामा संलग्न पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बजार बन्द गरेका हुन् शुक्रबार बिहान ११ बजे पौडेलमाथि अज्ञात व्यक्तीले गोली प्रहार गरेका थिए । उपचारकै क्रममा लुम्बिनी अञ्चल अस्पतालमा पौडेलको मृत्यु भएको थियो पौडेल पूर्व गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला सन्तान हुन् । एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो बसन्त र दुर्गाका नजिकका साथी थिए । घटना लगत्तै मनोज पुन बताउने एक व्यक्तिले आफू मलेसियामा रहेको र आफ्नो निर्देशनमा पौडेललाई गोली हानिएको स्थानीय सञ्चारकर्मीलाई फोन मार्फत बताएका थिए एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए गोली कसले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ गोली प्रहार गर्ने व्यक्ति कालो होन्डा मोटरसाईकलमा रोहिणी खोला तिर भागेको प्रत्यक्षदर्शीको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?