बुटवल, २१ पुस । रुपन्देहीको देवदहमा एक फर्निचर व्यवसायीको गोली हानी हत्या गरिएको छ । देवदह–२, ढेकावारमा आज विहान करिब ११ बजे फर्निचर व्यवसायी बलु भनिने बसन्त पौडेलमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो उक्त गोली प्रहारबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन् कालो होन्डा मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउकोमा गोली प्रहार गरी भागेको प्रहरीले बताएका थिए । पौडेल नेकपा एमाले नेता निलकण्ड पौडेलका छोरा हुन् पौडेललाई गोली प्रहार गरे लगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी उक्त घटनाको जिम्मा लिएका छन् बुटवलका सञ्चारकर्मीलाई टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् । पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया