काठमाडौंको पेरिसडाँडाबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं, २० पुस । काठमाडौंको पेरिसडाँडाबाट दुई वटा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा खोटाङका सुवास कार्की रहेको काठमाडौं प्रहरीले जनाएको छ । कोटेश्वर पेरिसडाँडास्थित महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई प्रहरीले रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरेको हो पक्राउ परेका कार्कीका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?