चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत फेल

काठमाडौँ, २० पुस — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ  मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन् । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन्,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान् ?’ कान्तिपुरमा खबर छ | 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?