गगन अयडी कैलाली, पुस १९ । सघन शहरीका योजनाहरु कार्यान्वयन भइरहँदा धनगढीको मुख्य बजारमा रहेको बसपार्कको स्तरोन्नतीको काम भने बीचमै रोकिएको छ धनगढी उपमहानरपालिका र सुदूरपश्चिम यातायात व्यवसायीको लापरवाहीका कारण मुख्य बजारको बसपार्क खाली नहु“दा निर्माण रोकिएको हो असोजदेखि निर्माणको काम सुरु गर्ने योजना बनाएका निर्माण व्यवसायीले बल्ल मंसिरमा आएर बसपार्कको निर्माण कार्य अगाडि बढाएपनि अहिले भने एक अर्काको लापर्वाहीका कारण रोकिन पुगेको छ स्तरोन्नतीको क्रममा रहेको धनगढी बसपार्कको निर्माण कार्य अहिले रोकिएको छ धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम यातायात व्यवसायी संघकै कारण बसपार्क स्तरोन्नती गर्ने कार्यमा बाधा उत्पन्न भएको छ निर्माणधिन बस पार्कमा बस पार्किङ गर्ने कार्य जारी छ भने निर्माण कम्पनी पनि गाडी पार्किङ गरिएको भन्दै काम रोकेर बसेको छ । यसतर्फ धनगढी उपमहानगरपालिकाले पनि कुनै चा“सो दिन सकेको छैन निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी किशोर ठकुराठीले अहिले बस पार्किङ गरिदिदा काम रोकिएको बताए । एक पटक बसपार्कलाई सार्नका लागि हतारो गरेको उपमहानगरपालिकाले त्यसपछि वास्ता नगर्दा अहिले बस पार्किङको बैकल्पिक ब्यवस्था हुन सकेको छैन असोजदेखि नै निर्माण कार्य सुरु गर्ने योजना बनाएका निर्माण व्यवसायीले मंसिरमा आएर सुरु गरेको बसपार्क स्तरोन्नतीकाको काम पनि रोकिन पुगेको छ यता बस व्यवसायीहरु भने बस व्यवसायीबाट कुनै अवरोध सृजना नभएको दाबी गर्छन् । बसपार्क मर्मत कार्यमा निर्माण कम्पनीकै कारण ढिलाई भइरहेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटाको आरोप छ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर मोहन राज अबस्थीले केही बस व्यवसायीले अबरोध रगेकोले तत्कालै यसबारे बुझेर निमार्ण कार्यलाई अगाडि बढाउने बतातावरण बनाईदिने प्रयास रहने बताए एक अर्कालाई आरोप प्रत्यारोप लगाएरै बसपार्क स्तरोन्नतीको कार्य झन ढिलो भइरहेको छ अहिले देखिएको समस्या समाधान गरेर छिटो भन्दा बसपार्क स्तरोन्नती गर्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया