९० लाख तिर्न नसक्दा एक नेपाली साउदी जेलमा

काठमाडौँ, १७ पुस। माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन् प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल झन्डै ९० लाख रुपैयाँ भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने खबर आजको कान्तिपुरमा छ पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन ‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?