Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रदेश-२ सरकारले बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख दिने

बिप्लव जमकटेल २८ असार २०७६, शनिबार १४:२८
तस्बिर: गुगल
तस्बिर: गुगल
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढी पहिरोबाट ज्यान ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप ३/३लाख दिने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकले राहत तथा उद्दारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश–२ सरकारले राहत तथा उद्दारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख उपलब्ध गराउने निर्णय समेत गरेको छ।

मन्त्रीपरिषद्को बैठकले अहिलेसम्म राहत तथा उद्दारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्दारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ।

बाढीपहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्दारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।