सुन तस्करी प्रकरणमा मुछिएका ५ न्यायाधीशले पाए सफाइ

काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका छन् । तीन न्यायाधीशलाई भने न्यायापरिषद् ऐनविपरितका कार्यमा संलग्न भएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेसहित पाँच न्यायाधीशलाई सफाइ दिएको हो । परिषद्ले मुख्य न्यायाधीश भुर्तेल, न्यायाधीशहरु सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्रराज कर्णको उजुरी तामेलीमा राख्ने निर्णय गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?