काठमाडौं– जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको छ ।
गैरकानुनी रुपमा नागरिकता दिएको पाइएपछि गृहमन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन गरेको छ । निलम्बनमा पर्नेमा प्रशाकीय अधिकृत गौरव ढुंगेल, नायव सुब्बा मेगराज निरौला, र खरिदार तेजिन्द्र न्यौपाने रहेका छन् । उनीहरुले सेटिङमा गैरनेपालीलाई नागरिकता दिएको पाइएको हो । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया