अरु त अरु मरुभूमिबाट नेपालमा खानेपानी आयात !

काठमाडौं ।  नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ ।

भन्सार विभागका अनुसार नेपालमा संयुक्त अबर इमिरेट्स (यूएई) बाट मात्र विगत ४ आर्थिक वर्ष ९२०७२ देखि २०७६० मा २८ लाख ४७ हजार रुपैयाँको खानेपानी आयात भएको छ । 

यूएईबाहेक भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, अस्ट्रेलिया, क्यानडा लगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात हुने गरेको छ ।  उक्त अवधिमा ती देशबाट ७ करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ । 

सबैभन्दा बढी खानेपानी भारतबाट आयात हुने गर्छ । उक्त अवधिमा भारतबाट मात्रै ३ करोड ९६ लाख ४७ रुपैयाँको खानेपानी आयात भएको देखिन्छ । नेपालमा विदेशबाट मिनरलयुक्त, हिउँबाट प्रशोधित र चिनी मिसाइएको गरी ती प्रकारको पानी आयात हुने गर्छ ।

यूएईबाट दुई प्रकारको ९हिउँबाट प्रशोधितबाहेक० र भारतबाट तीनै प्रकारको तथा अन्य मुलुकबाट सामान्यतः मिनरलयुक्त र चिनी मिसाइएको पानी आयात हुने गरेको तथ्यांकले देखाउँछ ।

समाचार स्रोत  : आर्थिक अभियान दैनिक २०७६ -०३- ०४ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?