गृह मन्त्रालयले मधेसका २२ जिल्लाका प्रशासन र प्रहरीलाई भन्सार पास भएर आएका मालवाहक गाडी जाँच नगर्न सोमबार परिपत्र गरेको छ ।
नेपाली उत्पादनमूलक उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ बोकेका गाडी नेपाल प्रवेश गर्ने क्रममा ट्राफिक प्रहरीले ओभरलोड भनेर नियन्त्रण गर्ने, जरिवाना तिराउने, हैरानी दिने र दुई–तीन दिन होल्ड गर्ने गरेको भन्दै उद्योगी–व्यवसायीबाट गुनासो आएपछि गृहले नजाँच्न परिपत्र गरेको हो ।
भन्सारका कर्मचारीसँग मिलेमतोमा तौलभन्दा धेरै सामान ल्याएको र सूचीमा भएभन्दा फरक सामान भएको देखिएपछि पछिल्ला महिनामा प्रहरीले भन्सार पास भएका गाडी जाँचमा कडाइ गरेको थियो । स्रोतका अनुसार केही उद्योगी/व्यवसायीले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर प्रहरी जाँच रोक्न दबाब दिँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया