लोकसेवा विज्ञापन १ लाख ६० हजार पुग्यो

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विभिन्न पदको आवेदन आउने क्रम उत्साहजनक रुपमा बढेको छ ।

आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगका अनुसार आइतबारसम्म एक लाख ६० हजारको आवेदन दर्ता भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?