एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् ।
एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारेका छन् । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उनले भने ।
इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राखेका छन् । यमन संकटका बारेमा सोधिएको प्रश्नमा उहाँले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिए ।
युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन् ।
साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले “पूर्ण न्याय र विश्वसनीयता” साउदी अरबले चाहेको उल्लेख गरेका छन् ।
“कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया