पाँच पार्टीलाई मात्रै राष्ट्रिय दलको मान्यता, यी हुनेछन् स्वतन्त्र सांसद

काठमाडौं, १ पुस । पाँच वटा पार्टीले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेपछि अब ५ वटा दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् । यसको अर्थ अब संसदमा पाँच वटा मात्रै दल रहनेछन् । अघिल्लो संसद र संविधानसभामा ३२ वटा दल भएपनि अहिले ३ प्रतिशत थ्रेसहोल्डका प्रावधान र ५ वटा दलले मात्रै पूरा गर्न सकेका हुन् प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलका सांसदले अब स्वतन्त्र हैसियतमा संसदमा सहभागी भएपनि उनीहरुको दलीय हैसियत हुनेछैन एक प्रत्यक्ष र तीन प्रतिशत थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीमात्रै अब संसदमा दलीय हैसियतमा रहनेछन् ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा एक सिट जितेर पनि नयाँ शक्ति नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ । यो व्यवस्थाका कारण तीन प्रतिशत पूरा नगरेपनि ठूलो जनमत पाएका विवेकशील साझा पार्टी, राप्रपा (प्रजातान्त्रिक) लगायतका पार्टीहरुको संसदमा प्रतिनिधित्व नहुने भएको छ थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएका सांसद भने स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् । थ्रेसहोल्ड नकटाएपनि नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् गोरखा २ बाट नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?