काठमाडौंँ, ३ मंसिर – नेकपा माओवादी केन्द्रले पार्टीका पोलिटव्यूरो सदस्य प्रकाश दाहालको निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ पार्टीले दाहालको निधनबाट सिंगो पार्टी शोकाकुल भएको उल्लेख गर्दै गहिरो शोक्त व्यक्त गरेको हो दिवंगत दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पु¥याएपछि आयोजित शोक सभामा पार्टीकी प्रवक्ता पम्फा भुसालले दाहालको निधनबाट सिंगो पार्टी शोकाकूल भएको उल्लेख गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरिन् माओवादी केन्द्रले एक मात्र छोराको निधनबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल र सल्लाहकार सीतासँगै सिंगो परिवारमा परेको चोटबाट पार्टी अत्यन्त मर्माहत भएको पनि उल्लेख गरेको छ । प्रवक्ता भुसालले दाहालको निधनबाट पार्टीले एउटा जुझारु, उदयीमान नेता र व्यवस्थापक गुमाएको पनि बताइन् पार्टीद्धारा जारी शोक वक्तव्यमा दाहालले युद्धकालको कठिन संघर्षमय दिनहरुमा खेल्नु भएको भूमिकाको पनि स्मरण गरिएको छ । दाहालको आईतबार विहान ह्ृदयघातका कारण असमायिक निधन भएको थियो । विज्ञप्तिमा प्रकाशको श्रीमती र २ छोरा रहेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया