भारत र वेस्ट ईन्डिज भिड्दै कस्ले मार्ला बाजी

appharu
0
Shares

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । ईङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाल समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

विराट कोहली नेतृत्वको भारतले विश्वकपमा ५ खेल खेलेको छ । एक खेल रद्व हुदाँ अपराजित भारतले ९ अंक जोडेको छ ।

यता वेस्ट ईन्डिजले पाकिस्तानलाई हराएर विश्वकपमा शानदार सुरुवात गरेको थियो । तर सो लय अन्य खेलमा कायम रहन सकेन । उसले ६ खेलमा मात्र ३ अंक बटुल्यो ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा दुई टिम बीचको खेल रोमाञ्चक बन्ने अपेक्षा गर्न सकिन्छ ।
भारत ९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । वेस्ट इन्डिज ३ अंक सहित आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?