खुलेन पृथ्वीराजमार्ग, हिलोमा दबियो सवारीसाधन

appharu
0
Shares

रातिदेखि परेको वर्षाको कारण खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज रातिदेखि नै पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारमा पर्ने करिब एक किलोमिटर सडकमा पहिरो थुप्रिएको छ ।

गेगरसहितको माटोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सयौँ सवारी साधन हिलोमा फसेका छन् ।


पहिरोका कारण दुवैतर्फ सवारीको लामो लाम लागेको प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजरको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?