२०७८,श्रावण,१७,आईतवार

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

२०७४,मङ्सिर,१,शुक्रवार ०९:११


हरारे, १ मङ्सिर – जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहेका छन । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ हाल सेनाको नजरबन्दमा रहेका उनी जिम्बावेमा लामो समयदेखि शक्तिमा छन । उनी ९३ बर्षका हुन । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेका छन सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उनी एक हिसाबले शान्तजस्तै छन । उनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन उनले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् उता केही अफ्रिकी मुलुकहरुका विदेश मन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०९:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार खेलाडीका रूपमा मैदानमा देखिए। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसका विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचको यात्रा पदक बिना टुंगिएको छ। २०

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला टेनिस (सिंगल) विधातर्फ स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिकले स्वर्ण पदक जितेकी छिन्। टोकियोस्थित आरियाके टेनिस

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले दोस्रो टी-ट्वेन्टी खेलमा ७ रनले जित दर्ता गरेको छ। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१