हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियोः टेकबहादुर बस्नेत

सल्यान, १ मंसिर । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचार–प्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिएका छन् “उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?” मन्त्री बस्नेतले भने वाम गठबन्धनका उम्मेदवारहरू नै आधिकारिक उम्मेदवार भएकाले कतै भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । “दुवै पार्टी एकताको कुरा छ हामीले सल्यानको मात्रै चिन्ता गरेर हँदैन देशभरि नै मिलाउँदा केहीले पाउने केहीले गुमाउने अवस्था आएकाले यसबाट निरास नहुन आग्रह गर्छु”, मन्त्री बस्नेतले भनेका छन् यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ । वाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गरे । जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झण्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झण्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा (एमाले) जिल्ला सचिव रमेश गौतमले बताए । “बागीहरूले झण्डा बोकेर प्रचारप्रसार गरिरहेको र यसले गठबन्धनलाई कुनै असर गर्दैन सल्यानका एक केन्द्र र दुई प्रदेशमा बागीहरूले जित्ने पक्का छ वाम गठबन्धनका कार्यकर्तामा हुने अन्योल चिर्न सक्षम छन्”, सचिव गौतमले भने माओवादी केन्द्रले भने वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यान जिल्लाका नौजना नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ जिल्लाको प्रदेश क मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश ख मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रतिनिधिसभा सदस्यमा गठबनधनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?