राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

हरारे, १ मङ्सिर – जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहेका छन । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ हाल सेनाको नजरबन्दमा रहेका उनी जिम्बावेमा लामो समयदेखि शक्तिमा छन । उनी ९३ बर्षका हुन । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेका छन सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उनी एक हिसाबले शान्तजस्तै छन । उनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन उनले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् उता केही अफ्रिकी मुलुकहरुका विदेश मन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?