२०७८,श्रावण,१०,आईतवार

वैशाखी टेकेरै संसद् चढ्ने शर्माको अठोट

२०७४,मङ्सिर,१,शुक्रवार ०८:२०


फलेवास (पर्वत), १ मंसिर । भोलानाथ शर्मा, पेशाले कानून व्यवसायी । उनलाई राजनीतिकर्मीभन्दा कानुन व्यवसायीका रुपमा धेरै परिचित व्यक्ति हुन् । पछिल्लो समयमा धौलागिरिको कानून व्यवसायको क्षेत्रमा लिनैपर्ने नाममध्ये उनी पनि एक हो शर्मा नेपाल सरकारले वर्गीकरण गरेको ‘ख’ वर्गको अपांगता भएको व्यक्ति हुनु । तर अपांगता भए पनि उनमा अहिले संसद्मा पुग्ने अठोट लिएका छन्, उमेरले ४६ वर्ष अगाडि पर्वत चुवामा जन्मनुभएका शर्मा नेकपा एमालेबाट प्रदेश नं ४ अन्तर्गत प्रदेशसभा सदस्यमा समानुपातिकतर्फका उम्मेदवार समेत हुन यसअघिका चुनावमा पनि नेकपा एमालेकै तर्फबाट पटक पटक समानुपातिकको सूचीमा सिफारिश भए पनि अन्तिम अवस्थामा नाम काटिँदै आएका भोलानाथ शर्मा अहिले भने आफ्नो व्यवसायलाई पन्छाउँदै वैशाखी टेक्दै मतदाताको घरदैलो धाउन थालेका छन् नेपाल पत्रकार महासंघ पर्वतको संस्थापक अध्यक्ष रहेका शर्मा, बार इकाई पर्वतका वर्तमान अध्यक्षसमेत हुन । “पत्रकारिता र कानून व्यवसायमा रहँदा पार्टीको पक्षमा हिँडिन, हिँड्नु पनि हुँदैन थियो”, उनले भने, “त्यही कारणले म पछि परेको हुँ अब सबै पेशा त्यागेर राजनीतिमा होमिएँ ।” उनले पर्वतबाट नै न्यू कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् कानूनमा समेत अपांगता भएका सक्षम व्यक्तिलाई स्थान दिने प्रावधान भएकाले आफ्नो बलियो दाबी रहेको उनले बताए । २५ वर्षभन्दा बढी कानून व्यवसाय र पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका शर्मा प्रदेशसभाअन्तर्गत समानुपातिक सूचीमा खस आर्यबाट सिफारिशमा भएको हो । “लामो समय वैशाखीकै भरमा अदालत धाएँ, समाचार संकलनमा विभिन्न सभा, समारोह र कार्यक्रममा धाएँ”, उनले भने, “अब मैले यही वैशाखी टेकेरै संसद् चढ्ने अठोट लिएको छु,” शर्माले भने ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०८:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार नेपाल

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१