काठमाडौं ४ मा राजन कि गगन ?

काठमाडौं, १ मंसिर । काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता राजन भट्टराई राजनीतिक दलले ल्याएका नीति र कार्यक्रम हेरेर जनताले मत हाल्नेमा आफु विश्वस्त रहेको बताएका छन् काठमाण्डौको क्षेत्र नम्बर ४  घर दैलो कार्यक्रममा व्यस्त बनेका नेता भट्टराईले निर्वाचनमा जीत वा हारको मापक राजनीतिक दलको नीति तथा कार्यक्रम रहेको बताएका हुन् बहुदलिय प्रतिष्पर्धात्मक व्यवस्थामा राजनीतिक दलले ल्याउने नीति र कार्यक्रम हेरेर जनताले निर्णय गर्ने भएकाले उम्मेदवारको व्यक्ति गौण हुने बताए यसअघि क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष जितेका गगन थापा प्रतिष्पर्धी रहेका बेला निर्वाचन जित्नका लागि के चुनौति ठान्नुभएको छ भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले निर्वाचनमा व्यक्ति भन्दा दलका निति र कार्यक्रम मुख्य विषय भएकाले आफ्नो पार्टीलाई जनताले विश्वास गर्ने दाबी गरे पहिलो पल्ट प्रत्यक्ष निर्वाचनमा होमिएका नेता भट्टराईले आम मतदातामा फेरी पनि समस्या सम्बोधन नहुने चिन्ता र संसय देखेको बताए यसअघि संविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्ष तर्फ भारी मतले जितेका कांग्रेस नेता गगन थापासंग यसपटक वामगठबन्धनको तर्फबाट नेता भट्टराईको प्रतिष्पर्धा हुन लागेको हो थापाले मतदाताको अस्थामाथि आफुले वेइमानी नगरेको बताएका छन् थापाले  घरदैलो कार्यक्रमका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?