‘दा भिन्चीको चित्रकला’ ‘स्यालभेटर मुण्डी’ ४५ करोड डलरमा विक्री

एजेन्सी । लियोनार्दो दा भिन्चीले बनाएको ‘क्राइस्ट’को पाँचसय वर्ष पुरानो चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ । उक्त चित्रकलाको नाम ‘स्यालभेटर मुण्डी’ (सेभिएर अफ द वर्ल्ड) हो कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मूल्य रहेको छ । विक्रिको घोषणा हुँदा न्यूयोर्कस्थित क्रिष्टीको लिलामी कोठामा मानिसहरुले ताली बजाएका थिए र खुसी व्यक्त गर्दै लिलामीलाई साथ दिएका थिए । लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन् ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ । उक्त चित्रकलाका लागि अन्तिम मूल्य ४० करोड डलर तोकिएको थियो परिचय नखोन नमानेका ग्राहकले २० मिनेटसम्म चलेको लिलाम बढाबढमा टेलिफोनमार्फत सहभागी जनाएका थिए । चित्रकलामा क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिन्छ सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो । त्यसबेलासम्म सो चित्रकला लियोनार्दो स्वयंको नभइ उनका एकजना अनुयायीले बनाएको ठानिन्थ्यो साथै अझै पनि विश्वव्यापी रुपमा उक्त चित्रका चित्रकारका रुपमा लियोनार्दोलाई नस्वीकारिएको बताइन्छ चार वर्षअघि उक्त चित्रकलालाई एकजना रुसी नागरिकले १२ करोड ७५ लाख डलरमा किनेका थिए । तर त्यो लिलामी निजी रुपमा विक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?