सुनको भाउ घट्यो

काठमाडौं, १ मंसिर । आज सुनको मूल्य घटेको छ । नेपाली बजारमा दिनकै सुनको मूल्य वृद्धि भइरहेको अवस्थामा आज महिनाको पहिलो दिन भने सुनको मूल्यमा गिरावट आएको छ नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भइरहेको छ हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?