विवाहको लागि मंसिरमा ६ वटामात्र लगन, नभ्याउनेले माघ र फागुन कुर्नुपर्ने

काठमाडौं, १ मंसिर । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा र धार्मिकशास्त्र अनुसार मंसिरदेखि विवाहको साइत सुरु भएको मानिन्दै आइएको पाइन्छ । तर, यसवर्षको मंसिर महिनामा जम्मा ६ वटामात्रै विवाहको लागि साइत जुरेको छ त्यसैगरी, मंसिर ६ गते पहिलो विवाह साइत जुरेको छ छ भने ७ गते पनि विवाहको लागि उपयुक्त साइत परेको छ । त्यसपछि मंसिर १२, १७ र १८ गते विवाहका लगन छन् मंसिर १८ गतेसम्म विवाह गर्न नभ्याउनेले भएमा लगन जुराएर बिहे गर्ने हो भने २५ गतेसम्म कुर्नुपर्ने हुन्छ । मंसिर २५ गते भने अन्तिम साइत मान्न सकिन्छ । यदि मंसिर २५ गते पनि विवाह गर्न भ्याउनु भएन भने माघ नै कुर्नु पर्ने हुन्छ । किनभने पुस महिनामा एउटा पनि विवाहको साइत जुरेको छैन त्यस्तै, माघ महिनामा पनि बल्लतल्ल एक दिन मात्रै विवाहको साइत जुरेको छ । माघ २४ गते मात्रै लगन छ माघमा पनि विवाह गर्न भ्याउनु भएन भने फागुनको ६ गते विवाहको साइत जुराउने पर्ने छ । किनभने फागनुमा भने ८ वटा विवाहको साइत परेको छ फागुनमा ११, १२, १९,२०, २२, २८ र २९ गते विवाहका साइत जुर्ने पञ्चाङ्गमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?