गौचन हत्यामा संलग्न थप दुई पक्राउ, मुख्य योजनाकार भने अझै फरार

काठमाडौं, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको गिरोहमध्ये थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् प्रक्राउ परेका उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ । मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो गत असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो २ः४५ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्र रहेको गौचनलाई गोली हानी भागेका थिए आपराधिक समूहले निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन भनेका थिए । तर, उक्त धम्कीयुक्त आदेश नमानेपछि गौचनमाथि गोली प्रहार भएको निष्कर्ष प्रहरीले निकालेको छ गौचन हत्यमा संलग्न मुख्य योजनाकार भने अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?