रामशरण महतमाथि लक्षित बम प्रहारमा घाइते भएकाको अवस्था यस्तो छ  (फोटो फिचर)

काठमाडौ १ मंसिर । पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महत माथि बम प्रहार भएको छ निर्वाचनको प्रचार–प्रसारको लागि हिँडेको कांग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको गाडी एम्बुसमा परेको होशुक्रबार ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ४ जना घाइते भएका छन् घाइते हुनेमा विद्यार्थी नेता उपेन्द्र मिश्र, सविन लामा सहित ४ जना घाइते भएको कांग्रेस नेता एवं प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले जानकारी दिए क्षेत्र नम्वर १ का उमेदवार डा.रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महत सहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एम्वुस विष्फोट गराईएको हो । क्षेत्र नं. १ कांग्रेसको बढ्दो प्रभाव देखिन थालेपछि कांग्रेसका उमेदवारहरुलाई लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका कांग्रेसले गरेको छ घटना भए लगत्तै ककनी प्रहरी चौकीबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको कमाण्डमा ३५ जना प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार वस्यालको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले बताए छ बम प्रहारबाट घाइते भएकाहरुको अवस्था यस्तो छ  (फोटो फिचर) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?