सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा ५ सयले गिरावट आएको छ ।

तस्विर: गुगल

शुक्रबार प्रतितोला ६५ हजारमा कारोबार भएको छापावाला सुन आइतबार ५ सयले घटेर ६४ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आइतबार तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कॉरोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य ७ सय ३० कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?