श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारत शीर्ष स्थानमा

appharu
0
Shares

एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै भारत शीर्ष स्थानमा उक्लिएको छ ।

रोहित शर्माको कीर्तिमानी शतकमा विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको हो । रोहितले एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक प्रहार गर्दा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

२ सय ६५ रनको औसत लक्ष्य भारतले ४३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे । रोहितले १ सय ३ रनको शतकिय ईनिङ्स खेल्दा के एल राहुलले १ सय ११ रन बनाए ।

कप्तान विराट कोहली ३४ रनमा नटआउट रहदाँ ऋषभ पन्त ४ रनमा पेभिलियन फर्किए । हार्दिक पाण्डेया ७ रनमा अविजित हे । श्रीलंकाका लाथिस मालिङ्गा, कासन राजिथा र इसुरु उडानाले समान एक एक विकेट लिए ।

यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो ।

१२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए । श्रीलंकाका म्याथ्युजले सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ्स खेले ।

यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे । भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे । यो जीतसँगै भारतले ९ खेलबाट १५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?