कोपा अमेरिका फुटबलमा अर्जेन्टिनालाई तेस्रो उपाधी

मेस्सीलाई रातो कार्ड

appharu
0
Shares

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि शनिबार भएको खेलमा चिलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो ।

साविकको विजेता चिलीविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन सर्जियो अग्युरो र पाउल डिबलाले एक एक गोल गरे । चिलीका अर्टुरो भिदालले एक गोल फर्काए ।

चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २-० ले अघि रह्यो ।

तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो । खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो ।

मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफमा चिलीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । खेलको ५९ औं मिनेटमा भिदालले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।

कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?