बलात्कारबाट बच्न ‘रेप प्रुफ पेन्टीः पासवर्डले मात्र खुल्ने !

काठमाडौं । भारतकी एक किशोरीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छिन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् ।

यो आम पेन्टीभन्दा निकै फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ । सिनुले दिनहुँ हुने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताईन् ।

उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । उनका अनुसार यो पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ ।

पेन्टीमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जान्छ । त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् ।

पेन्टीको नमुना तयार गर्न उनलाई ५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?