साताको शेयर बजार: अढाई अर्ब माथिको कारोबार

appharu
0
Shares

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १ सय ७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १ दशमलव १४ बिन्दुले घटेर एक हजार २५७ दशमलव १५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो ।

स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २ सय ४४ दशमलव ८९ बिन्दुमा झ-यो । सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २ सय ६९ दशमलव २४ अङ्कमा पुग्यो ।

नेप्से घटे पनि कारोवार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोवार भयो । कूल १ सय ६९ कम्पनीको शेयर कारोवार भएको सोमबार नेप्से सामान्य अङ्कले घट्यो । नेप्से एक हजार २४२ दशमलव ०३ बिन्दुमा ओर्लियो ।

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक मङ्गलबार भने दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११ दशमलव ०२ बिन्दुले बढेर एक हजार २५३ दशमलव ०६ मा पुग्यो ।

ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४३ बिन्दुले बढेर २६९ दशमलव ९६ मा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन । कूल १ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर ४२ करोड ९४ लाख ७७ हजार २ सय ८८ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भयो । सो दिन परिसूचक १५ दशमलव ६२ अङ्कले बढेर एक हजार २६८ दशमलव ६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अङ्कले बढेर २७२ दशमलव ९८ विन्दुमा पुग्यो ।

कूल १ सय ७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता शेयर ५५ करोड दुई लाख ४७ हजार ८ सय १३ मा खरिद बिक्री भए । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने आठ अङ्कले घट्यो । स्टकका अनुसार नेप्से ८ दशमलव २७ बिन्दुले घटेर एक हजार २६० दशमलव ४७ मा झ-यो ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १ सय ७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर ६७ करोड एक लाख ६९ हजार ९ सय २९मा खरीद बिक्री भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?