गाँजासहित एक भारतीय पक्राउ

appharu
0
Shares

काठमाडौं । प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको मधुबनी बस्ने २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहको साथबाट अन्दाजी पाँच किलो ४ सय ५० ग्राम लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?