झुक्यो सुडानी सेना, महिनौंको प्रदर्शनपछि भयो सम्झौता

appharu
0
Shares


सुडानी सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाँडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । तर सुडानको भावि राजनीतिक शक्तिबारे अन्यौलता कायम छ । महिनौँको प्रदर्शनपछि शक्ति बाँडफाँडसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।

तस्वीर गूगलबाट


गत अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम भएर आएको छ ।


शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा सेना र नागरिक नेतृत्वबीच शक्ति फेरबदल हुनेछ ।


उक्त निकायलाई पहिलो २१ महिना सैन्य प्रमुखले नेतृत्व गर्नेछन् । त्यसपछि नागरिक नेताले बाँकी १८ महिना चलाउने सहमति भएको छ । त्यसपछि देशमा लोकतान्त्रिक निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?