‘जात्रै जात्रा’ले ५१ औं दिन मनायो

appharu
0
Shares

काठमाण्डौ । गएको जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ ले प्रदर्शनको ५१ औ दिन मनाएको छ ।

प्रदिप भट्टराई निर्देशित चलचित्र व्यावसायिक हिसाबले सफल ठहरिएको छ । प्रदीपको यो ह्याट्रिक सफलता हो । चलचित्र बजार सुस्ताएको बेला ‘जात्रै जात्रा’ ले दर्शकलाई हलसम्म तान्न सफल भएको छ ।

रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा सिंगे लामा र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानिया, दयाहाँङ राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?