मेनुका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वननिक (भिडियो सहित)

appharu
0
Shares

नेपाल आइडल सिजन १ बाट चर्चामा आएकी सुरिलो स्वर कि धनी गायिका मेनुका पौडेलको नयाँ गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ ।

पदम साधना कुलुङको शब्दमा हरी लम्सालको संगीत रहेको सार्वजनिक गीतको भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

रिमा काउचा मगर, मिनुज राना मगर र दिपेन गौतमको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । सम्पादन बिकास दाहालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?