२०७८,श्रावण,१७,आईतवार

अपडेटः बम प्रहारबाट अर्थमन्त्री सकुशल, घटनास्थलमा प्रहरी परिचालन

२०७४,मङ्सिर,१,शुक्रवार ०५:५८


काठमाडौ १ मंसिर । पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महत माथि बम प्रहार भएको छ निर्वाचनको प्रचार–प्रसारको लागि हिँडेको कांग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको गाडी एम्बुसमा परेको होशुक्रबार ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ४ जना घाइते भएका छन् घाइते हुनेमा विद्यार्थी नेता उपेन्द्र मिश्र, सविन लामा सहित ४ जना घाइते भएको कांग्रेस नेता एवं प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले जानकारी दिए क्षेत्र नम्वर १ का उमेदवार डा.रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महत सहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एम्वुस विष्फोट गराईएको हो । क्षेत्र नं. १ कांग्रेसको बढ्दो प्रभाव देखिन थालेपछि कांग्रेसका उमेदवारहरुलाई लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका कांग्रेसले गरेको छ घटना भए लगत्तै ककनी प्रहरी चौकीबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको कमाण्डमा ३५ जना प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार वस्यालको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले बताए छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८