रामेछापका नेपालीले गोल्डेन स्टार पाए

appharu
0
Shares

काठमाण्डौं । लोक गायनमा आफ्नो फरक पहिचान बनाएका गायक राम कुमार नेपाली सर्वाधिक पुरस्कार राशिको रियालिटी शो ‘नेपाल लोक स्टार’ मा गोल्डेन स्टार बन्न सफल भएका छन् ।

रियालिटी शो मा उत्कृष्ट गीत प्रस्तुत गरेको कारण जर्जहरुले नेपालीलाई सिधै टप २० मा छनोट गरेका हुन् ।

लोक गायक नेपालीले सिधै टप २० मा छनोट हुनु निकै खुसीको विषय भएको बताए । उनले आगामी दिनमा पनि स्रोता र दर्शकको साथ र सहयोगको खाँचो रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?