लमजुङमा बन्ने भयो ‘स्मार्ट फिल्म सिटी’

appharu
0
Shares

लमजुङ्ग । बेसीसहर नगरपालिकामा अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण गरिने भएको छ ।

नगरपालिकाभित्रका तीन वटा वडा गाउँसहर, नाल्मा र पुरानकोटका पर्यटकीय क्षेत्रहरुलाई समेटेर ‘स्मार्ट फिल्म सिटी’ निर्माण गरिन लागेको बेसीसहर–३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठले जानकारी दिए ।

फिल्म सिटी निर्माणका लागि नगरपरिषद्ले स्वीकृती दिइसकेको छ । सार्वजनिक जमिन भाडमा लिएर फिल्म सिटी निर्माण गरिने बताइएको छ । जग्गा भाडाका लागि सम्बन्धित वडाहरुले सिफारिस दिइसकेका छन् ।

गाउँसहरका घनबहादुर घिमिरेले अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माणले स्थानीय स्तरमा ठुलो रोजगारी सृजना गर्ने बताए । फिल्म सुटिङ, इडिटिङका लागि विदेशी आउने, स्टार होटल बन्ने, रोजगारी खुल्ने र स्थानीयको आयआर्जन बढ्ने उनको अपेक्षा छ ।

परियोजना सात वर्षमासम्पन्न हुने लक्ष्य छ । पहिलो चरणमा १२ वटा छायांकन स्थल निर्माण गरिने छ । परियोजनाभित्र पाँचतारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्गानिक फार्म, विभिन्न खेलकुद स्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?