‘नेपाल लोक स्टार’ लाई अतिरञ्जना बनाईयो : संगितकर्मी रेग्मी

appharu
0
Shares

काठमाण्डौं । नेपाली लोक संगीतको क्षेत्रमा सर्वाधिक पुरस्कार राशिको रियालिटी शो ‘नेपाल लोक स्टार’ अहिले प्रसारणमा आएको छ ।

प्रतिभाको पहिचानको लागि सातै प्रदेशमा अडिसन भएको रियालिटी शो असार १२ गते बिहिवारबाट प्रशारणमा आएको हो । रियालिटी शोमा बरिष्ठ गायक जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बीबी अनुरागी निर्णायकको भूमिकामा रहेका छन् ।

‘नेपाल लोक स्टार’ हप्तामा २ दिन बिहिवार र शुक्रबार राति ८ः३० बजे टेलिभिजन च्यानल एपि वान एच डि बाट प्रशारणमा छ ।

तर अहिले जर्जको भूमिका तथा केहि अभिव्यक्तिले सामाजिक सञ्जाल तताएको छ । केहि प्रतियोगीको आवाज राम्रो हुँदा हुँदै पनि आउट गरिएको भन्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेको छ ।

त्यसो त जर्जहरु माथी ने पनि कतिपय अवस्थामा स्रोता दर्शकले आवाज उठाउने गरेका छन् । तर त्यसको प्रतिरोधमा संगितकर्मी सुवास रेग्मीले त्यसता अभिव्यक्तिको खण्डन गरेका छन् । उन्ले आफ्नो फेसबुकमा

नेपाल आईडलमा गायिका ईन्दीरा जोशीज्यूलाई निर्णायकको भुमीकामा हेर्दै गर्दा रमाऊन सक्ने हाम्रो मन, भोईस अफ नेपालमा गायक प्रमोद खरेलज्यूको निर्णयबाट खुसी हुने हामी, लोक आईडलमा गायिका सुनिता दुलालज्यू निर्णायक हुदै गर्दा–योगदान, अध्ययन र क्षमता माथि प्रश्न गर्दै सामाजिक संजालमा जुन प्रकारको “कोकोहोलो“ “रोईलो“ “आरिश“ “आबेग“ र “अतिरञ्जना“ को संन्देश दिईरहेका छौ नि यसलाई भन्च हामी भित्रको “लोके प्रबृति“ भएको भन्दै आक्रोस पोखेका छन् ।

पहिलो हुने लोक स्टारले रुपैयाँ ५० लाख नगद जित्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगद दिने आयोजक चाहना मिडियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?